कुमारी क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
प्रकाशित:
१७ भदौ २०८१
काठमाडौं । कुमारी क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज भदौ १८ गते अन्तिम दिन रहेको छ । कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको कुमारी म्युचुअल फण्ड अन्तर्गत संचालित “कुमारी इक्वीटी फण्ड” र “कुमारी धनवृद्धि योजना” को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
यी दुई फण्डले आर्थिक वर्ष २०८०/८१ को लाभांश वितरणको लागि भदौ १९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज भदौ १८ गतेसम्म कायम इकाईधनीले मात्र यी फण्डले दिने लाभांश पाउन सक्ने छन् ।
भदौ १० गते बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले कुमारी इक्वीटी फण्ड रा कुमारी धनबृद्धि योजना का इकाईधनीहरुलाई कर सहित ९.५० प्रतिशत– ९.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares