सिटिजन्स बैंकको ४ लाख कित्ता सेयर बिक्रिमा, न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ

अर्थकागज
प्रकाशित: २५ कात्तिक २०८१
Image description

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीले ४ लाख कित्ता संस्थापक सेयर बिक्रि गर्ने भएका छन् । बैंकले आज सोमबार एक सूचना जारी गर्दै इच्छुक बिद्यमान सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

बैंकका संस्थापक सेयरधनी पदम केशरी श्रेष्ठले आफ्नो स्वामित्वमा रहेको ४ लाख कित्ता सेयर बिक्रिका लागि निवेदन दिएका हुन् । उक्त सेयरको न्यूनतम मूल्य १०२ रुपैयाँ प्रतिकित्ता तोकिएको छ । इच्छुक आवेदकले १०२ रुपैयाँ प्रतिकित्ता वा सो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् ।

संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय काठमाण्डौमा आइपुग्ने गरी आवेदन दिन आग्रह गरेको छ ।

म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढाईने कम्पनीले जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर