राष्ट्रपति पौडेलबाट फागुन २१ गतेको निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान
प्रकाशित:
११ मंसिर २०८२
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका छन् ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार, मन्त्रिपरिषद्को मङ्सिर ८ गतेको निर्णयमा उल्लेख भए बमोजिम हुने गरी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares