सर्वोच्च अदालतका लागि ३ जना न्यायाधीशको नाम सिफारिस

अर्थकागज
प्रकाशित: २७ जेठ २०८२
Image description

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ । सर्वोच्च अदालतका लागि सिफारिस हुने न्यायाधीशहरुमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन् ।

न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार परिषद्को सोमबार बसेको बैठकले सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नाम सिफारिस गरेको राससले लेखेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर