प्रभु बैंकको सिईओमा सुमन शर्मा नियुक्त

अर्थकागज
प्रकाशित: २० माघ २०८२
Image description

काठमाडौँ । प्रभु बैंकको सिईओमा बैंकर सुमन शर्मा नियुक्त भएका छन् । प्रभु बैंकको सिईओ रहेका अशोक शेरचनले आइतबार सञ्चालक समिति समक्ष राजीनामा दिएपछि बैंकले सोमबारै नयाँ सिईओ नियुक्त गरेको हो ।

यसअघि सनराइज बैंकको सिईओ रहेका शर्मालाई प्रभु बैंक सञ्चालक समितिले बैंकको जिम्मेवारी सुम्पेको हो ।

शर्मा तत्कालीन सनराइज बैंक लक्ष्मी बैंकमा मर्जर भएपछि बाहिरिएका थिए । उनी त्यसअघि ग्लोबल आइएमई बैंकमा डिसिईओ माछापुच्छ्रे बैंकमा सिईओको जिम्मेवारी निर्वाह गरिसकेका बैंकर हुन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर