सर्वोत्तम सिमेन्टको सेयर रजिष्ट्रारमा एनआईएमबी एस क्यापिटल
सर्वोत्तम सिमेन्टको सेयर रजिष्ट्रारमा एनआईएमबी एस क्यापिटल चयन भएको छ । सिमेन्टले बुक बिल्डिङ मार्फत सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ)को बाँडफाँड फागुन २५ गते सम्पन्न भएको थियो ।
अब सिमेन्टको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरि राख्ने सम्बन्धी सम्पूर्ण कार्य एनआईएमबी एस क्यापिटलले गर्ने छ ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कम्पनीले बुक बिल्डिङबाट आईपिओ निष्काशन गरेकाले ५० कित्ताका दरले बाँडफाँड भएको थियो ।
प्रतिक्रियाहरू
lal bar Budha
2 years ago
अब काराे बार कति रूपैयेले हुन्छ
Shares