नेपालमा लगानी गर्न बेलायत सहित युरोप क्षेत्रका वित्त संस्था तयार

अर्थकागज
प्रकाशित: १४ कात्तिक २०८०
Image description

संयुक्त अधिराज्य(बेलायत)सहित युरोप क्षेत्रका विकास वित्त संस्थाका प्रतिनिधिहरूले नेपाल लगानीका लागि आकर्षक गन्तव्य स्थल भएको बताउँदै आफूहरूले नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।


लन्डनस्थित नेपाली दूतावासले मङ्गलबार सिटी अफ लन्डनमा आयोजना गरेको नेपालमा लगानी र व्यापारका अवसर विषयक एक उच्चस्तरीय सम्मेलनमा बोल्दै उनीहरूले नेपालमा नवीकरणीय ऊर्जा,जलविद्युत,सूचना प्रविधि,शिक्षा,पर्यटनलगायतका क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।


सम्मेलनमा अर्थमन्त्री डा.प्रकाश शरण महतले नेपालले खुला,उदार र बजार केन्द्रित नीति अपनाएको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे । मन्त्री डा.महतले वैदेशिक लगानी भित्र्याउने लगानीकर्ताको हितका लागि नेपालले वैदेशिक लगानी र प्रविधि हस्तान्तरणसम्बन्धी ऐन लागु गरेको बताउँदै नेपालको कानुनले निजी सम्पत्तिको राष्ट्रियकरण गर्न निषेध गरेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर