असोजमा ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउने अर्थमन्त्रीको योजना
प्रकाशित:
०३ भदौ २०८०
काठमाडौ । सरकारले स्थानिय निकायको पैसालाई पुनः निक्षेपमा गणना गर्ने पुरानै ब्यबस्था लाई ब्यूताएको छ ।
ब्याजदर बृद्धिका कारण आक्रान्त उद्योगी व्यवसायी र र लगानीकर्ताहरुलाई उक्त पुरानै ब्यबस्थाले केहि राहतको महसुश गराउने छनक देखिएको छ ।
सरकार र नियामक निकायले ल्याएको समग्र नीति नियमलाई प्रयोग शालामा परिक्षण गर्ने पूँजीबजारले पनि यस नीतिलाई सकारात्मक रुपमा लिने अपेक्षा गरिएको छ ।
साउनको पहिलो हप्ता मौद्रिक नीति ल्याएर लगानीकर्ताको चाहना लाई बेवास्ता गर्दे लगानीको मनोबिज्ञान खलबल्याएको राष्ट्रबैैकले पनि उक्त नीतिपछि नेप्से परिसुचक २२२७ बाट निरन्तर घटेर २०११ को बिन्दु आईपुग्दा सरकारको बृतनीति र अर्थमन्त्रीको चाहनालाई तुसारापात गर्न सफल भएको छ ।
तर, सरकारले स्थानिय निकायको पैसालाइ निक्षेपमा गणना गर्ने निर्णयले बैंकमा लगानी योग्य पुँजी करिब एक खर्ब जती सहज हुँदा निक्षेप तथा कर्जाकको ब्याजदर घट्ने र लगानी योग्य बताबरण निर्माण हुनुका साथै आन्तरिक अर्थतन्त्र सहज हुने अर्थ मन्त्री डा.प्रकाशशरण महतको निश्कर्ष रहेको छ ।
बाह्य अर्थतन्त्र सहज भैसकेको र अब आन्तरिक अर्थतन्त्र सहज बनाई लगानीको उचित बाताबरणको ब्यब्था गर्ने र समग्र अर्थतन्त्रलाई नै चलायमान गराउने नीति अबलम्बन गर्ने अर्थ मन्त्री डा.प्रकाशशरण महतको योजना रहेको छ ।
हाल समग्र बैङ्किङ्ग प्रणालीमा तीन सय ५० अर्ब जति लगानी योग्य पूँजी संञ्चित छ भने सि डि रेसियो ८३.५७ मा आई पुगेको छ । अन्तर बंैकब्याजदर ५.१८ रहेको छ जसले लगानी योग्य रकम सहज भएको जनाउछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares