कहिलेलाई बोलायो सिटिजन लाइफले साधारणसभा ?

अर्थकागज
प्रकाशित: १७ फागुन २०८१
Image description

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी चैत १५ गते आठौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभाले चुक्ता पूँजीको २६ दशमलव ९८४१२६९८ प्रतिशत बोनस शेयर र १ दशमलव ४२०२२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ। त्यस्तै बोनस शेयर बाँडेपछि चुक्ता पूँजी ५ अर्ब पुग्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि रहेको छ। त्यसैगरी सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजका आधारमा फागुन २७ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रियाहरू

सम्बन्धित खबर