सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

अर्थकागज
प्रकाशित: ०९ मंसिर २०८३
Image description

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज घटेको छ । आज सुनको मूल्य तोलाको ६५ सयले घटेर तोलाको दुई लाख ४१ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९ सयमा कारोबार भएको थियो । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३०४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी ३१४५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर