अरुण काबेली पावरको १००% हकप्रद सेयर सोमबारदेखि बिक्री खुला, कसले कति आवेदन दिने ?


काठमाडौं । अरुण काबेली पावर लिमिटेडको हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले भदौ ११ गते अर्थात सोमबार देखि १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको छ । उक्त हकप्रद सेयरका लागि यसले असार २५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको सेयरधनीहरले हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कहाँबाट आवेदन दिने ?
नबिल इन्भेष्टमेन्ट बैंकिङले हकप्रद सेयर बिक्री प्रबन्धकको काम गरेको छ ।हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र अरुण काबेलीको कार्यालय ट्रेड टावर थापाथलीबाट आवेदन दिन सकिनेछ ।
उक्त स्थानबाट आवेदन दिंदा चेकमात्र भुक्तानी हुने कम्पनीले जनाएको छ । हिमलयन र नबिल बैंकको तोकिएको शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि यसको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता औसत सुरक्षित रहेको संकेत गर्दछ ।
प्रतिक्रियाहरू
Gangs Bahadur Bohara
1 year ago
We district migrants can put shares or not!
Shares