स्वाबलम्बन लघुवित्तको नाफामा पहिरो, खराब कर्जा ११ प्रतिशत नाघ्यो


काठमाडौं । स्वाबलम्बन लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा लघुवित्तले ४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२.७० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६।२३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १३े.१६ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ६.६३ प्रतिशत र सञ्चालन मुनाफा ८२.७० प्रतिशत घटेको छ। त्यस्तै लघुवित्तको खराब कर्जा भने बढेर ११.३६ प्रतिशतमा पुगेको छ गत बर्षको यहि अवधिमा संस्थाको खराब कर्जा ४.२६ प्रतिशतमा सिमित थियो ।
लघुवित्तको प्रतिशेयर आम्दानी ५.७३ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ११ पैसा रहेको छ । समिक्षा लघुवित्तको निक्षेप ४.२७ प्रतिशतले बढेको छ भने र कर्जा लगानी पनि ०.३५ प्रतिशतले बढेको छ । १ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ६३ करोड रुपैयाँ छ।
Shares