सिटिजन्स बैंकको ५.९९% स्थिर ब्याजदरमा “सजिलो घर कर्जा'' र “सवारीसाधन'' कर्जा सार्वजनिक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा 'सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार' भन्ने उद्घोषका साथ ५ वर्षका लागि स्थिर रहने गरी ५.९९ प्रतिशत प्रति बर्ष ब्याजदरमा “सजिलो घर कर्जा '' साथै ३ वर्षको लागि स्थिर रहने गरि ५.९९ प्रतिशत प्रति बर्ष ब्याजदरमा व्यक्तिगत सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत कायम रहेको व्याजदर घर कर्जा मा ५ बर्ष सम्म स्थिर र सवारीसाधन कर्जा मा ३ बर्ष सम्म स्थिर रहने छ । स्थिर अबधि समाप्त भएपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५५ प्रिमियम दर थप गरी ब्याजदर कायम गरिनेछ । यस आकर्षक योजनामा सहभागी हुनको लागि ग्राहकहरुले नजिकको सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।
''विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ''सिटिजन्स फोनपे क्रेडिट कार्ड'' भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट'' र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
Shares