नेपाल एसबिआई बैंक र इसेवाबीच सम्झौता

अर्थकागज
प्रकाशित: २० जेठ २०८१
Image description

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र इसेवा लिमिटेडबिच इसेवा नेटवर्र्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिट लगायत बैंकका च्यानलहरू मार्फत ग्राहकहरूलाई आफ्नो इसेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने छ । साथै, यस सम्झौताले इसेवा प्लेटफर्म मार्फत तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानीहरू सहजीकरण गर्न सहयोग पूर्याउने छ।

उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे को उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा र इसेवाका तर्फबाट प्रमूख कार्यकारी अधिकृत, जगदिस खड्काले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमूख संचालन अधिकृत यादवेंद« कांत, प्रमूख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र इसेवाका प्रमूख रणनीति अधिकारी रवि शाक्य लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

हाल यस बैंकले ९७ शाखा, २२ एक्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर