५-१-२०८१, बुधबार

समृद्धि फाइनान्स र हिमालयन क्यपिटलबिच सम्झौता

अर्थकागज
प्रकाशित: २०८०-४-२३
Image description

काठमाडौं । समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेडबिच सम्झौता भएको छ । कम्पनीले पिएमएस व्यवस्थापन सम्बन्धमा सम्झौता सम्पन्न गरेको हो ।

यस सम्झौता अनुसार हिमालयन क्यपिटल लिमिटेडले उक्त संस्थामा आवद्ध ग्राहकहरुको पिएमएस.व्यवस्थापनको लागि आवश्यक बैकिंङ्ग सुविधको लागि समृद्धि फाइनान्समार्फत सहकार्य गर्ने जानकारी उपलब्ध भएको छ ।

उक्त सम्झौता पत्रमा समृद्धिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधी लोहनी र हिमालयको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्र समृद्धि फाइनान्सको पुतलिसडक शाखामा भएको हो ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर