शिखर इन्स्योरेन्सले डाक्यो साधारणसभा, के के छन् प्रस्ताव ?

अर्थकागज
प्रकाशित: १७ फागुन २०८०
Image description

काठमाडौं । शिखर इन्स्योरेन्सले कम्पनी लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको फागुन १६ गते बसेको संचालक समितीको बैठकले साधारणसभा बोलाउने निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार कम्पनीको १९ औँ बार्षिक साधारणसभा आगामी चैत्र ९ गते कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा विहान ११ बजेका लागि साधारणसभा बोलाइएको हो ।

सभाले गत आर्थिक बर्षको लेखापरिक्षण प्रतिवेदन, अध्यक्षको बार्षिक प्रतिवेदन, लेखापरिक्षक नियुक्ती र संचालकको चयनको प्रस्ताव पारित गर्नेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ त्यसैले फागुन २६ गतेसम्म कायम सेयरधनी मात्र सभामा सहभागि हुन पाउने छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर