ग्लोबल आईएमई लघुवित्तको नाफामा ४६ प्रतिशतले बढोत्तरी, लाभांश क्षमता कति ?
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तिय संथा लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा संथाको खुद नाफामा बृद्धि देखियको छ ।
असार मसान्तसम्ममा संथाले १४ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाको यस्तो नाफा ९ करोड ६५ लाख रुपैयाँमा सिमित थियो।
यो अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी १.७४ प्रतिशत बढेको छ भने सञ्चालन नाफा ४६.९० प्रतिशतले बढेको छ। खुद ब्याजसंगै संचालन मुनाफा आएको बृद्धिका कारण लघुवित्तको खुद नाफा बढेको हो।
समिक्षा अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ४७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ४६ पैसा रहेको छ।
नाफासँगै संस्थाको प्रतिशेयर आम्दानीमा पनि वृद्धि आयको छ। समीक्षा अवधिमा संस्थाको यस्तो आम्दानी बढेर २२ रुपैयाँ ८९ पैसा पुगेको छ। असार मसान्तसम्ममा संस्थाको प्रतिशेयर नेटवर्थ १८३ रुपेयाँ २४ पैसा रहेको छ । संस्थाको खराब कर्जा घटेर ३.९० प्रतिशतमा झरेको गत आर्थिक वर्षमा संस्थाको खराब कर्जा ४.३० प्रतिशत रहेको थियो ।
Shares