आज नेशनल लाईफ इन्योरेन्सको साधारणसभा, १४ प्रतिशत लाभांशसहित यि एजेण्डा पारिह हुँदै

अर्थकागज
प्रकाशित: ०६ भदौ २०८१
Image description

काठमाण्डौ । नेशनल लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको ३६ औँ बार्षिक साधारणसभा आज हुँदैछ । साधारणसभा नेशनल लाईफ भवन लाजिम्पाट काठमांडौमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष २०७९८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा ४ प्रतिशतबोनस सेयर र कर प्रयोजनार्थ समेत गरी १० प्रतिशत नगद लाभांश रहेको छ ।त्यस्तै सभाले गत आर्थिक बर्षको लेखापरिक्षण प्रतिवेदन, अध्यक्षको बार्षिक प्रतिवेदन, लेखापरिक्षक नियुक्तीको प्रस्ताव समेत पारित गर्नेछ ।कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ साउन २४ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले साउन २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रियाहरू

Yugal

2 years ago

NLICL को AGM मा अनौठो अभ्यास गर्दै कम्पनिका खुराफात कर्मचारीले आफ्ना हितैषी सेयरधनीलाई सुटुक्क कौसिमा लगेर खाजा नास्ता खुवाइ सबै ले खाएको बिल बनएको आम सेयरधनीले भन्को पनि पाउँदा रहेनछन् ।

सम्बन्धित खबर