आईपीओ बाँडफाँडको बल तान्ने लक्ष्मण बहादुर श्रेष्ठ कुथेली बुखरी स्मल हाइड्रोपावरको संचालकमा निर्वाचित

अर्थकागज
प्रकाशित: २७ पुस २०८०
Image description

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको संचालकमा लक्ष्मण बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । सेयर बजारका चर्चित लगानीकर्ता श्रेष्ठ पुष २७ गते शुक्रबार सम्पन्न १२ औं वार्षिक साधारणसभाबाट कम्पनीको ख समुहको सेयरधनीबाट निर्विरोध निर्वाचित भएका हुन् ।


श्रेष्ठसँग सेयर बजारसम्बन्धी तीन दशक लामो अनुभव रहेको छ । सेयर बजारमा श्रेष्ठले हरेक कम्पनीको आईपीओ बाँडफाँडमा बल तानेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । आईपीओ बाँडफाँडको बल केही वर्षदेखि तान्दै आएका श्रेष्ठ अहिले हाइड्रोपावर कम्पनीको संचालक समितिमा निर्वाचित भएका हुन् ।

 साधारणसभा जर्मन होम्स हस्पिटालिटी प्रा .लि गठ्ठाघरमा साधारणसभा सम्पन्न भएको थियो । सभाले कम्पनीको नयाँ आयोजनाहरुको पहिचान गरी लगानी गर्ने तथा अरु कम्पनीबाट समेत प्रवद्र्धन भई विकास निर्माण भइरहेका जलविद्युत आयोजनाहरुमा लगानी गर्ने, आर्थिक वर्ष २०७९ ०८० को वार्षिक प्रतिवेदनको प्रस्तुति र सोको अनुमोदन गर्ने, लेखापरीक्षण नियुक्त गर्ने लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर