यूनिभर्सल पावरको साधारणसभा स्थगित
प्रकाशित:
२२ असोज २०८२
काठमाडौं । यूनिभर्सल पावर कम्पनी लिमिटेडको १५ औं बार्षिक साधारणसभा स्थगित भएको छ । कम्पनीले आज दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्य, तीखेदेवल, ललितपुरमा बिहान १० बजे बार्षिक साधारणसभा बोलाएको थियो । सभाको लागि सेयरधनीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । सभा संचालनको लागि चाही सेयरधनी उपस्थिति (कोरम ) नपुगेपछि सभा स्थगित भएको कम्पनीले अर्थ कागजलाई बताएको छ । पुन बार्षिक साधारणसभा बोलाई २५ प्रतिशत सेयरधनीको उपस्थितिमा सभा सम्पन्न गर्ने दाउमा केही संचालक र व्यवस्थापन रहेको एक कर्मचारीले सुनाएका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares