सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरबीच स्वास्थ्य सम्झौता

अर्थकागज
प्रकाशित: २२ पुस २०८०
Image description

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरबीच स्वास्थ्य सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहक महानुभाव, बैंकका कर्मचारी तथा सेयरधनी महानुभावहरुलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गरिने छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रविन्द« प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अब गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरले बैंकका ग्राहक महानुभाव, बैंकका कर्मचारी, तथा सेयरधनी महानुभावहरुलाई विभिन्न किसिमका स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरीकाबाट प्रदान गर्नेछ । स्वास्थ चेक जाँचमा कर्मचारी तथा शेयरधनी महानुभावहरुलाई १५ प्रतिशत र बैंकका ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरू

Khil kumar shrestha

2 years ago

यो सुबिधा लिन के के गर्नु पर्छ हामी शेयर धनी हरुले केही जान्कारी पाउन पाय हुने 🙏टिचिङ हस्पिटल को लागि

सम्बन्धित खबर