प्रभु महालक्ष्मी लाइफका अभिकर्ताहरुको डिलाइटफूल सौराह कार्यक्रम सम्पन्न

अर्थकागज
प्रकाशित: २० वैशाख २०८२
Image description

 चितवन । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको डिलाइटफूल सौराह कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चितवनको सौराहमा बैशाख १८, १९ र २० गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक रिफ्रेसमेन्ट कार्यक्रमहरुका साथ भब्य रुपमा सम्पन्न भएको हो । प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत  सन्तोष प्रसाईले सम्बोधन गरी कार्यक्रमको सुरुवात गर्नुभएको थियो । कम्पनीमा आवद्ध ३ सय जना भन्दा बढि अभिकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारी, सांगीतिक साँझ तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरी हर्ष उल्लासपूर्ण वातावरणमा सम्पन्न भयो ।  

कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार कम्पनीका ब्राण्ड एम्बेष्डर  मनोज गजुरेलको प्रस्तुती रहेको थियो । त्यसैगरी लोकप्रीय सदाबहार गायक  सुगम पोखरेल एवं द बाजागाज टिमको लाइभ सांगीतिक प्रस्तुतीले कार्यक्रमको रौनक थपिएको थियो । 

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर