सिटिजन लाईफको नाफामा छलाङ्ग

अर्थकागज
प्रकाशित: ०२ मंसिर २०८१
Image description

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।

समिक्षा अवधिमा कम्पनीले १३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८६.१६ प्रतिशतले बढि हो । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ७ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस अवधिमा कम्पनीले १ अर्ब ७४ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १६.१९ प्रतिशतले बढि हो । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो ।

३ अर्ब ९३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको सेयर प्रिमियममा १ अर्ब ५५ करोड महाविपत्ति कोषमा १८ करोड २८ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्समा ७४ करोड ९० लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ १३ पैसा छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर