मन्दाकिनी हाइड्रोपावरको नाफा १८ प्रतिशतले बढ्यो, ४ करोडको बिद्युत बिक्रि

अर्थकागज
प्रकाशित: ०२ मंसिर २०८१
Image description

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा बढेको छ ।

असोज मसान्तसम्ममा कम्पनीले २ करोड ८२ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १८.११ प्रतिशतले बढि हो अघिल्लो बर्ष कम्पनीको यस्तो मुनाफा २ करोड ३९ लाख ५२ हजार रुपैयाँमा सिमित थियो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट ४ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ जुन अघिल्लो बर्षको तुलनामा १.६९ प्रतिशतले बढि हो । अघिल्लो बर्षको यहि अवधिमा कम्पनीले ४ करोड ३६ लाख रुपैयाँ बराबरको बिद्युत बिक्रि गरेको थियो ।

६१ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा भने ६ करोड ५३ लाख रुपैयाँ संचित रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ६० पैसा रहेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर