बुक बिल्डिङ विधिमार्फत सर्वोत्तम सिमेन्टको आईपीओ बोलकबोल खुला
काठमाडौं । धितोपत्र बजारमा पहिलो पटक बुक बिल्डिङ विधिमार्फत सर्वोत्तम सिमेन्टको आईपीओ बोलकबोल खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सेयर बोलकबोल खुला गरेको हो । यसले जारी पुँजी ४ अर्ब ६५ अर्ब रुपैयाँको १२.९०३३% ले हुने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये ४०% अर्थात २४ लाख कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गरेको हो । बोलकबोलका प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ । संस्थागत लगानीकर्ताले सोही परिमार्जित सीमाभित्र रहेर बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ । संस्थागत लगानीकर्ताले बोलपत्र पेश गर्ने अन्तिम मिति मंसिर १० गते तोकिएको छ । उक्त मितिको भोलिपल्ट संस्थागत लगानीकर्ताहरुलाई निष्कासित सेयर पूर्णरुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिने कम्पनीले जानकारी गराएको छ । कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकलाई माग बमोजिमको धितोपत्र कट अफ प्राइसमा बाँडफाँट हुनेछ । उक्त कट अफ प्राइस भन्दा १०% मूल्य घटाएर दोस्रो रचणमा सर्वसाधारणलाई सेयर जारी हुन्छ । यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । इक्रा नेपालले सर्वोत्तमलाई वित्तीय दायित्व वहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउने ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ ।
कम्पनीको उद्योग नवलपरासी जिल्ला, सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा रहेको छ। कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ। सो उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ। उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ।
Shares