ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य छैनः अर्थमन्त्री
अर्थमन्त्री वर्षमान पुनले ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य नहुने बर्ताका छन् । शनिबार राष्ट्रिय वाणिज्य बैङ्कले यहाँ आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ मा अर्थमन्त्री पुनले सरकारहरू निरन्तरताका आधारमा सञ्चालित हुन्छन्, तिनका आधारमा नीतिहरू आधारभूतरुपमा परिवर्तन नहुने बताए । यसैको आधारमा सरकारले नीति बनाएर कार्य गरिरहेको उनको भनाइ छ ।
राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन नभइरहेको सन्दर्भमा राजनीतिक प्रणालीको समेत समीक्षा गरी हामीले नयाँ ढङ्गले कार्य गरिरहेको उनले बताए । उनले बैंकिङ्ग क्षेत्र जनताको रकमबाट सञ्चालित हुने भएकाले संस्थागत सुशासन कायम गर्न जोड दिनुपर्ने बताए ।
हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतीहरूको बारेमा अर्थविद्, बैंकिङ्गविज्ञ तथा उद्यमीहरूका बिचमा व्यापक छलफल गरी बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशा निर्देश गर्न राष्ट्रिय वाणिज्य बैङ्कले बैङ्कको व्यवस्थापन सम्मेलन २०२४ को आयोजना गरिरहेको छ ।
Shares