एनएलजी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा बिमल प्रसाद वाग्ले, लिए शपथ

अर्थकागज
प्रकाशित: २५ माघ २०८२
Image description

काठमाडौं । बीमा क्षेत्रमा आफ्नो छ्ट्टै पहिचान बनाउन सफल एनएलजी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा बिमल प्रसाद वाग्ले मनोनित भएका छन् । गत पुस ३० गते सम्पन्न भएको बार्षिक साधारणसभाबाट सञ्चालकमा चयन भएका वाग्लेलाई कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्षमा मनोनित गरेको हो ।

पूर्व सचिव समेत रहेका वाग्लेले शुक्रबार नियामक नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । सो शपथ ग्रहण समारोहमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदी र कम्पनीका सिईओ सुनिल बल्लभ पन्तको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर