पोखरामा रात्रीकालीन व्यवसाय ९ बजेपछि बन्द
प्रकाशित:
१५ फागुन २०८२
पोखरा । कास्की जिल्ला प्रशासन कार्यालयले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि रात्रीकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्ने भएको छ ।
कास्की जिल्लाभित्रका सम्पूर्ण रात्रीकालीन व्यवसायहरू फागुन १८ देखि अर्को सूचना नआउँदासम्म राती ९ बजे पछि बन्द गर्न जिल्ला प्रशासन कार्यलयले निर्देशन दिएको हो ।
यसअन्तर्गत होटल, रेष्टुरेन्ट, मदिरा व्यवसाय, क्लब, दोहोरी साँझ, डान्स बार, स्पा सेन्टर लगायतका सबै व्यवसाय राति ९ बजेदेखि बन्द हुने भएका छन् ।
साथै, सुरक्षा निकायद्वारा कार्यान्वयनको सूक्ष्म अनुगमन गरिने र उल्लङ्घन गर्ने वा सार्वजनिक शान्ति, सुरक्षा तथा सद्भाव विथोल्ने गतिविधि गर्ने व्यक्ति/संस्थाप्रति प्रचलित कानून अनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares