चार कम्पनीको एफपीओ पाइपलाइनमा, कुन कम्पनीको कति कित्ता ?

अर्थकागज
प्रकाशित: ०१ चैत २०८१
Image description

काठमडौं । चार कम्पनीको एफपीओ पाइपलाइनमा रहेको छ । चार कम्पनीमध्ये तीन कम्पनी लघुवित्त वित्तीय संस्था रहेको छ भने एक वटा हाइड्रोपवार कम्पनी रहेको छ । जसमा बुटवल पावर कम्पनी लिमिटेड, नेशनल लघुवित्त बित्तिया संस्था लिमिटेड, विजय लघुवित्त बित्तीय संस्था लिमिटेड र किसन लघुवित्त बित्तिया संस्था रहेको छ । यी कम्पनीहरु नेपाल धितोपत्र बोर्ड (सेबोन) को एफपीओ निश्कासनको अनुमति पर्खिरहेको छन् ।

कुनको कति कित्ता ?

बुटवल पावर कम्पनी

 कम्पनीले प्रतिकित्ता २०६.२९ रुपैयाँमा १ करोड कित्ता एफपीओ निश्कासनको लागि सेवोनमा निवेदन दिएर अनुमतिको पर्खाइमा रहेको छ । कम्पनीले २०८० साल फागुन २७ गते सेवोनमा निवेदन दिएको हो । शेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

नेशनल लघुवित्त बित्तिया संस्था

यस संस्थाले ६ लाख ६९ हजार ९ कित्ता एफपीओ निश्कासनको लागि २०८१ साल भदौ ७ गते सेवोनमा निवेदन दिएको छ । संस्थाले प्रतिकित्ता एक सय रुपैयाँमा दरले एफपीओ निश्कासन गर्नेछ । शेयर बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडरहेको छ ।

विजय लघुवित्त बित्तीय संस्था

यस संस्थाले प्रतिकित्ता एक सय रुपैयाँको दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निश्कासनको लागि २०८१ साल असोज २३ गते सेवोनमा निवेदन दिएको छ । शेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

किसन लघुवित्त बित्तिया संस्था

यस संस्थाले प्रतिकित्ता एक सय रुपैयाँको दरले १६ लाख ६६ हजार ९६५ कित्ता एफपीओ निश्कासनको लागि २०७८ साल असार २९ गते सेवोनमा निवेदन दिएको छ । शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर