स्वस्तिक लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला
प्रकाशित:
२६ असार २०८२
काठमाडौं । स्वस्तिक लघुवित्तको आईपीओ आज अर्थात असार २७ देखि बिक्री खुला भएको छ । संस्थाले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकाहरुका लागि २३ हजार १ सय कित्ता आईपीओ निष्काशन गरेको हो ।
वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ बाँडफाँट भएपछि सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता साधारण सेयर निष्कासन हुनेछ ।
वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० तथा अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । साउन ९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ ।
गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ४० पैसा छ भने प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३३ पैसा छ । कम्पनी ३ करोड १६ लाख सञ्चित नाफामा छ । इक्रा नेपालबाट कम्पनीले बी रेटिङ प्राप्त गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares