नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा


काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको २०८१ वैशाख ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ४.७५ प्रतिशतले हुन आउने ६० करोड ८६ लाख ४३ हजार ३ सय २८ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशतले हुन आउने ३ करोड २० लाख ३३ हजार ८ सय ५९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसरी कम्पनीले कुल ५ प्रतिशतले हुन आउने कुल ६७ करोड २६ लाख ६० हजार ३ सय ८० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव नेपाल सरकार र बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।
Shares