घट्यो डिजेल र मट्टितेलको मूल्य,पेट्रोलको स्थिर

प्रकाशित:
१५ कात्तिक २०८१

काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको जनाएको छ ।
जसअनुसार काठमाडौं, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्य १ सय ५० रुपैयाँ कायम भएको छ । त्यस्तै, सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७.५० रुपैयाँ कायम भएको छ । निगमका अनुसार पेट्रोलको मूल्य भने स्थिर छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares