ङादी ग्रुप पावरले ८ लाख ७३ हजार कित्ता अवितरित हकप्रद बिक्री गर्ने

अर्थकागज
प्रकाशित: १३ फागुन २०८१
Image description

काठमाडौं । ङादी ग्रुप पावरले फागुन २० गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहको ८ लाख ७३ हजार ६१ दशमलव २२५ कित्ता शेयर लिलाम गर्न लागेको हो ।

यस लिलामी प्रक्रियाको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । इच्छुक लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन सक्ने छन् ।

काठमाडौँ भित्र सिद्धार्थ कार्यालय नक्सालबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । काठमाडौँ बाहिर भने सिद्धार्थ बैंकको शाखाहरु विराटनगर, बिर्तामोड, बिरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी, र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ ।

ङादी ग्रुप पावरले पुस २३ गतेदेखि माघ २९ गतेसम्म १ः१ अनुपातमा १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर जारी गरेको थियो । हकप्रदमा बिक्रि नभएको शेयर लिलाम हुन लागेको हो ।

प्रतिक्रियाहरू

Nabin Shahi

1 month ago

कहिले आउँछ खातामा राइट सेयर भरेको

Nabin Shahi

1 month ago

कहिले आउँछ खातामा राइट सेयर भरेको

सम्बन्धित खबर