पाँच जिल्ला जोड्ने सिद्धिचरण लोकमार्ग विस्तार योजना कछुवा गतिमा भएको कामले सबै आक्रोसित
उदयपुर । मधेश प्रदेशको सिराहा जिल्लास्थित मिर्चैयाबाट उदयपुरको कटारी बजार हुँदै ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ र भोजपुर जिल्ला जोड्ने सिद्धिचरण लोकमार्गको विस्तारको काम कछुवा गतिमा भैरहेकोमा सम्बन्धित जिल्लाका मानिसहरु आक्रोसित भएका छन् ।
उदयपुर समेत ५ जिल्लाको भविष्यसँग जोडिएको वा हिमाल पहाडदेखि मधेश जोड्ने यो सडक योजनाको कार्यालय संचालन भएको दुई वर्ष भए पनि काम भने कछुवा गतिमा रहेको र नेपाल सरकारले बजेटको उचित व्यवस्थापन नगरेको कारण काममा सुस्तता भएको बताइएको छ ।
मिर्चेयाबाट कटारी पुग्न जम्मा २७ किलोमिटर रहेको तर बसमा यात्रा गर्दा दुईघण्टाभन्दा बढी समय लाग्ने गरेको छ भने सडक भत्किएर खाल्डाखुल्डी बनेको छ । वर्षाका समयमा गाडी दुर्घटना हुनुका साथै फसेर सास्ती हुने गरेको भए पनि मर्मत संभारमा बेवास्ता भएको सरोकारवालाहरुले बताएका छन् ।
तर कटारी बजारका व्यापारीहरुले भने कटारी बजारभित्र सडक विस्तार गर्दा यहाँका व्यापारीहरु पलायन हुन सक्ने भन्दै कटारी नगरपालिकालाई १ापनपत्र बुझाएर चेतावनी दिएका छन् ।
उदयपुर उद्योग वाणिज्य संघ कटारीले एक विज्ञप्ती निकालेर कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठलाई बुझाउँदै कटारी नगरपालिकाभित्रको सडक विस्तार गर्दा व्यापारीहरु विस्थापित हुने जानकारी दिंदै सडक फराकिलो पार्ने विषयमा स्थानीय सरकारको धारणा माग गरेका छन् ।उदयपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अरुण कुमार साहद्धारा जारी विज्ञप्तीमा सडकको क्षेत्र कति मिटर हो ? त्यस बारेमा जानकारी नहुँदा बैंकको कारोबारमा, बेचबिखन तथा अन्य कारोबारमा समेत अन्यौल भएकोले समाधानको बाटो पहिल्याउन भनिएको छ ।
स्थानीय व्यापारीहरुले कटारी बजारभित्र हाल कायम रहेको सडक नै कायम गरेर काम शुरु गर्न भनेकोले सडकको मापदण्ड अनुरुप २ लेनको सडक बनाउँदा धेरैको घर भत्किने भएकोले घर नभत्काउनकालागि नगरपालिकालाई ज्ञापन पत्र बुझाएको बुझिएको छ ।
हाल कायम रहेको सडकलाई नै कायम गरेर मर्मत सुधारको काम अघि बढाउँदा सबैलाई सहज हुने र व्यापारीहरुले घर भत्काउन नपर्ने बताएका छन् ।
यो सडकको स्तरोन्नतिकालागि उदयपुर निर्वाचन क्षेत्र नं २ का माननीय साँसद अम्बर बहादुर रायमाझीले पनि आफ्नो तर्फबाट प्राथमिकतामा राखेर सक्दो प्रयास भएको र सडक विभाग, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयसँग समन्वय गरेर बजेट विनियोजनकालागि प्रयास गरिरहेको बताउनु भएको छ ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares