प्रभु क्यापिटलले तोक्यो बुकक्लोज, कहिलेसम्म किन्दा पाइन्छ लाभांश ?
प्रकाशित:
०६ असोज २०८१
काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले आफ्ना २ म्युचुअल फण्डको लाभांश प्रयोजनार्था बुकक्लोज मिति तोकेको छ ।
क्यापिटलले प्रभु म्युचुअल फण्ड अन्तर्गत संचालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज १४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम हुने ईकाईधनीहरुले मात्रै फण्डको लाभांश प्राप्त गर्न सक्नेछन् ।
क्यापिटलको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले प्रभु सेलेक्ट फण्डका इकाई धनिहरुलाई गत बर्षको मुनाफाबाट कर सहित १० प्रतिशत नगद लाभांश र प्रभु स्मार्ट फण्डका इकाई धनिहरुलाई गत बर्षको मुनाफाबाट कर सहित ८.५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares