बैजनाथमा फत्ते बाल आँखा अस्पतालको निःशुल्क आँखा शिबिर, २६८ जनामा मोतिबिन्दु

अर्थकागज
प्रकाशित: १० माघ २०८०
Image description

नेपाल नेत्रज्योति संघ फत्ते बाल आँखा अस्पताल नेपालगंजले बाँकेको बैजनाथ गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

बैजनाथ गाउँपालिकाका सबै स्वास्थ्य चौकीहरुमा निःशुल्क आँखा शिविर संचालन गरिएको थियो । माघ ७ गते देखि माघ १० गते सम्म संचालित उक्त शिविरहरुमा १ हजार ७२ जनाको आँखा परीक्षण गरीएको थियो ।

अस्पतालका बाह्य कार्यक्रम अधिकृत उमेर अहमद सादिकले औषधी आवश्यक देखिएका सबै विरामीहरुलाई निःशुल्क औषधि समेत उपलब्ध गराइएको बताए ।

शिबिरमा १ हजार ७२ जनाको आँखा परिक्षण गर्दा २६८ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । शिबिरमा आँखा परिक्षण गर्दा मोतिबिन्दु देखिएका सबै बिरामीहरुको ५० प्रतिशत छुटमा अस्पतालमा शल्यक्रिया हुने बताउछन् अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्मा ।

निःशुल्क आँखा शिविर सञ्चालनमा गाउँपालिकाको जनप्रतिनिधी तथा कर्मचारीहरुले सहजिकरण गरेका थिए ।

वि.स २०३५ सालमा नेपालमा आँखा उपचार सेवाको विकास र विस्तारको लक्ष्य सहित एक गैर नाफामुलक संस्थाका रुपमा स्थापना भएको नेपाल नेत्रज्योति संघ अन्तरगत हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरु संचालनमा छन् । संघ अन्तरगतका आँखा अस्पताल, आँखा उपचार केन्द्र मार्फत बार्षिक ३० लाख बढि बिरामीको आँखा जाँच हुने गर्दछ ।

स्थापना देखि सन् २०२२ सम्ममा संघको नेटवर्क मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर