नगरपालिकामा काम ठप्प !
प्रकाशित:
२२ असोज २०८०
उदयपुर । प्रस्तावित संघिय निजामति विद्येयकमा स्थानीय तहका कर्मचारीको हकहीतका विषयहरु समेत समावेस हुनुपर्ने मागराखी स्थानीय तहका कर्मचारीले कार्यालयको सेवा ठप्प पारेका छन ।
निजामति कर्मचारीको परिभाषामा स्थानीय तहका कर्मचारीलाई पनि समेटिनु पर्ने माग राखेर गत आईतबारबाट उदयपुरका सबै पालिकामा कर्मचारीहरुले पेन डाउन अर्थात काम ठप्प पारेका हुन ।
कर्मचारीको पेन डाउनको कारण त्रियुगा, चौदण्डीगढी, उदयपुरगढी, कटारी बेलका, रौतामाई सबै पालिकामा सबै शाखाको काम ठप्प भएको छ ।
कर्मचारीहरुले हातमा कालोपट्टी बाधेर पेनडाउन गरी बिरोध गरेको जनाएका छन ।
त्रियुगा नगरपालिकामा उपप्रमुख महेश्वरी राईलाई एक ध्यानाकर्षण पत्र बुझाएर कर्मचारीहरुले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन ।
असोज १२ गतेबाट सुरु भएको आन्दोलन सरकारले अटेर गरेमा १९ गतेबाट भने कार्यालयनै ठप्प पार्ने कार्यक्रम रहेको थियो ।
भिडियो पनि छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares