कृषि विकास बैंकको गलत सूचनाप्रति प्रदेश पाँच सेयर लगानीकर्ता फोरमको ध्यानाकर्षण
प्रकाशित:
२२ साउन २०८०
काठमाडौं । कृषि विकास बैंकले गलत वित्तिय विवरण सार्वजनिक गरेपछि प्रदेश पाँच सेयर लगानीकर्ता फोरमले गम्भिर ध्यानाकर्षण गरेको छ ।
बैंकले पहिलो पटक प्रतिसेयर आम्दानी १९.८९ प्रतिशत रहेको गलत तथ्याङ्ग प्रकाशित गरी पुन सच्चाएर प्रतिसेयर आम्दानी १४.९२ प्रतिशत रहेको वित्तिय विवरण सार्वजनि गरेको थियो ।
बैंकले गलत सूचना जारी गर्दा सो समय अवधिभित्र सेयरबजारबाट आम लगानीकर्तालाई पर्न गएको क्षतिप्रति फोरमको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
फोरमले एक विज्ञप्ती जारी गर्दै बैंकको दोहोरो चरित्रले लगानीकर्ताले भोग्नु परेको क्षतिलाई सम्बद्ध नियमक निकाय राष्ट्र बैंक, सेवोन र नेप्सेलाई तत्काल छानविन गरी भित्री कारोबार भए नभएको एकिन गर्न माग समेत गरेको छ ।
फोरमले पुन भविष्यमा यस्ता घटना नदोरिन नियमक नियकासँग फोरमले अपिल समेत गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares