नेप्सेमा २ कम्पनीको सेयर मूल्य समायोजन

अर्थकागज
प्रकाशित: ०९ चैत २०८०
Image description

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेसनको ४ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता ४ हजार ५ सय ६२ रुपैयाँ ६१ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेमा बिहीबारको अन्तिमा कारोबार मूल्य ५ हजार २४७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

त्यस्तै ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ३७६ रुपैयाँ ३० पैसालाई आधार मानेर भाउ समायोज गरिएको हो । समायोजन पछिको मूल्य ३६२ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर