हिमालयन लाईफ इन्स्योरेन्सको बिमा शुल्क आम्दानी १७ अर्ब नाघ्यो, अन्य अवस्था कस्तो ?

अर्थकागज
प्रकाशित: ०१ भदौ २०८२
Image description

काठमाडौं । हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा सामान्य गिरावट देखिएको छ ।

यस अवधिमा कम्पनीले ५६ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६३ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले १७ अर्ब ६६ करोड ८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ६.३४ प्रतिशतले बढि हो । अघिल्लो बर्ष कम्पनीले १६ अर्ब ६० करोड ७२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो ।

९ अर्ब १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडा ४६ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा ६९ करोड ५ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९८ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ २० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६८.०५ गुणा रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर