नागरिक लगानी कोषको नाफा १३ प्रतिशतले बढ्यो
काठमाण्डौ । नागरिक लगानी कोष लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कोषको नाफामा बृद्धि देखिएको छ ।
यस अवधिमा कोषले ३० करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.६२ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कोषको खुद ब्याज आम्दानी ३.६९ प्रतिशतले घटेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १८.८६ प्रतिशत बढेको छ। त्यसैगरी, कोषको कुल आम्दानी १२.६० प्रतिशत बढेको छ भने कुल खर्च ९.१९ प्रतिशतले बढेको छ।
असोज मसान्तसम्ममा कोषको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८७ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११३.९९ गुणा रहेको छ।
Shares