बजेट भाषण , मौद्रिक नीति नजिकिंदै जाँदा चल्ने अफवाहहरु देखि सतर्क रहौं: शिवचन्द्र

अर्थकागज
प्रकाशित: २०८१-२-१३
Image description

नेपालको सेयर बजारका चर्चित लगानीकर्ता शिवचन्द्रले बजेट भाषण , मौद्रिक नीति नजिकिंदै जाँदा चल्ने अफवाहहरु देखि सतर्क रहन सुझाव दिएका छन् । बजेट भाषण तथा मौद्रिक नीति नजिकिदै गर्दा बजारमा यस्ता हल्लाहरु चल्ने भन्दै यसबाट सतर्क रहनुपर्ने बताएका छन् ।

उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत यस्तो सुझाव दिएका हुन् । उनले आफ्नो फेसबुकमा लेखेका छन् 'करको दरमा हुने हेरफेर लगायत बजेटले समेट्ने अन्य बिषयहरु प्रधानमन्त्री, अर्थमन्त्री, अर्थ सचिव र राजस्व सचिव बाहेक कसैलाई थाहा हुँदैन । हेरफेर हुने करको दर, बजेट वक्तब्य र आर्थिक विधेयक छाप्न पठाउनु पूर्व प्रविष्ट गरेर पूर्ण गोप्यता कायम गरि छापिन्छ । यस्तो गोप्य कुरा जुन अर्थ मन्त्रालयका सह-सचिव, उप-सचिव लगायत अन्य कर्मचारीलाई पनि थाहा हुँदैन भने मिडियाले थाहा पाउने त कुरै भएन ।

'बिगतमा झैं यो पाला पनि बजेट भाषण नजिकिंदै जाँदा केही मिडियाहरु करको बिषयलाई लिएर यति धेरै समाचारहरु संप्रेषण गर्दैछन् कि समाचार लेख्दा लेख्दा बजेट मार्फत कर निर्धारण समितीको सदश्य आफु स्वयं रहेको महसुष गर्दो होलान् । जबकि बास्तबिक बजेटको तयारीमा लागेकाहरु भने उक्त बिषयप्रती अनभिज्ञ छन् सायद'  शिवचन्द्रले लेखेका छन् ।

उनको बिचार जस्ताको तेस्तैः


प्रतिक्रियाहरू

सम्बन्धित खबर