आजसम्म कायम सेयरधनीले मात्र युनाईटेड अजोड इन्स्योरेन्सको लाभांश पाउने

अर्थकागज
प्रकाशित: २० माघ २०८०
Image description

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको १०.२६ प्रतिशत बोनश सेयर सुरक्षित गर्ने आज आईतबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भोली अर्थात माघ २२ गते बुकक्लोज गर्नेछ ।

तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । युनाइटेड अजोड इन्स्योरेन्सले फागुन ६ गते, आइतबार, अनमोल ब्याङ्कवेट, शंखमुल, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १०.२६१२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५४०१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर