धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने

अर्थकागज
प्रकाशित: ३० असोज २०८०
Image description

काठमाडौँ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ । धितोपत्र बोर्डले यस निर्णय अनुमोदनका लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

समग्रमा सेबोनले करिब १० देखि १२ प्रतिशतका दरले ब्रोकर कसिमन घटाउने निर्णय गरेको छ । सेबोनको यस निर्णयले लगानीकर्ताहरुलाई प्रत्यक्ष फाइदा हुनेछ ।

हालको व्यवस्था अनुसार विभिन्न प्रकारकाे काराेबारमा लाग्ने कमिसन विवरण तल उल्लेख गरिएकाे छ :

सेयरको कारोबारमा

क्र.सं. विवरण (रु.) कमिसन (प्रतिशत)

१. ५०,००० सम्म ०.४०

२. ५०,००१ देखि ५,००,००० सम्म ०.३७

३.  ५,००,००१ देखि २०,००,००० सम्म ०.३४

४. २०,००,००१ देखि १,००,००,००० सम्म ०.३०

५.  १,००,००,००० देखि माथी ०.२७

सरकारी तथा संस्थागत ऋणपत्रको कारोबारमा

क्र.सं. विवरण (रु.) कमिसन (प्रतिशत)

१. ५,००,००० सम्म ०.१०

२. ५,००,००१ देखि ५०,००,००० सम्म ०.०५

३.  ५०,००,००० देखि माथी ०.०२

सामुहीक लगानी कोष तथा अन्य धितोपत्रको कारोबारमा

क्र.सं. विवरण (रु.) कमिसन (प्रतिशत)

१. ५,००,००० सम्म ०.१५

२. ५,००,००१ देखि ५०,००,००० सम्म ०.१२

३. ५०,००,००० देखि माथी ०.१०

प्रतिक्रियाहरू

सम्बन्धित खबर