भोलिदेखि काठमांडौका यी क्षेत्रमा मासु र मदिरा बिक्रि गर्न प्रतिबन्ध

अर्थकागज
प्रकाशित: २१ फागुन २०८०
Image description

जिल्ला प्रशासन कार्यालय, काठमांडौले आज एक सूचना जारी गर्दै भोली फागुन २३ गतेदेखि गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क ( उमाकुण्ड ( गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भागमा मासु र मदिरा बिक्रिमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार महाशिवरात्री पर्व, २०८० लाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाई भव्य एवम् ्दिव्य रुपमा सम्पन्न गर्न पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्रको सुरक्षा लगायत धार्मिक, साँस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्य समेतलाई मध्यनजर गरी फागुन २३ गतेदेखि २७ गतेसम्मका लागि सो क्षेत्रभित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रुपमा रोक लगाइएको हो ।

प्रशासन कार्यालयले जारी गरेको सूचनाः


प्रतिक्रियाहरू

सम्बन्धित खबर