ट्रम्पलाई यौन दुर्व्यवहारको अभियोगमा ८ करोड ३३ लाख डलर जरिवाना

अर्थकागज
प्रकाशित: १३ माघ २०८०
Image description

न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ ।

क्यारोलले मानहानिको लागि क्षतिपूर्ति स्वरूप एक करोड डलरभन्दा बढी माग गरेकि थिइन् । फैसलालगत्तै ट्रम्पले विज्ञप्ति मार्फत फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने बताएका छन् । तीन घण्टाभन्दा केही कम समयको सुनुवाइपछि अदालतले आफ्नो निर्णय सुनाएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर