सस्तोमा सिटिजन्स बैंकको संस्थापक शेयर किन्ने मौका

अर्थकागज
प्रकाशित: २४ कात्तिक २०८१
Image description

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सर्वसाधारणले किन्न पाउने गरी रहेको ४० हजार ४५१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपियाँ तोकिएको यो शेयर जोकोही सर्वसाधारणले किन्न पाउनेछन् ।  बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर तोकिएको समयमा खरिद आवेदन नपर्दा बिक्री हुन सकेन । त्यही शेयर पुनः बिक्रीमा राखेको हो। इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर