२३ सय रुपैयाँले बढ्यो सुनको भाउ !
प्रकाशित:
१७ माघ २०८१
काठमाडौं । आज शुक्रबार सुनको भाउ बढेको छ। बिहीबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ पुगेको हो।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३९ हजार ५ सय ७५ रुपैयाँ तोकिएको छ।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँ तय भएको छ। आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ४२ रुपैयाँ तोकिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares