जिल्ला प्रशासनमा लैङ्गिक हिंसा, अपराध तथा लागु औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया

अर्थकागज
प्रकाशित: ०४ माघ २०८०
Image description

उदयपुर । उदयपुरको गाईघाट स्थित जिलला प्शासन कार्यालय उदयपुरले बिहिबार लैंगिक हिंसा, अपराध तथा लागु औषध नियन्त्रण विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला स्थित सरकारी कार्यालयहरु, सुरक्षा निकायहरु, पत्रकारहरु तथा जिल्ला भित्रका महिला अधिकारवादी संघ संस्था र अन्य सामाजिक संघ संस्थाको उपस्थितिमा भएको सो कार्यक्रममा हिंसा। अपराध र लागु औषध नियन्त्रण गर्न चुनौती पूर्ण भएकोले समाजका सबै वर्ग र विशेष गरी स्थानीय तहको टोल विकास संस्थाको सहयोग लिएर काम गरेका प्रभावकार्ी हुन सक्ने कुरामा जोड दिइएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा वक्ताहरुले उदयपुरमा प्रहरीले लागु औषधका क्षेत्रमा नियन्त्रणकालागि गरेको प्रयास अत्यन्त प्रभावकारी भएको र अन्य अपराध तथा हिंसाका घटना नियन्त्रणकालागि पनि प्रहरीले झै नागरिक समाजबाट पनि प्रभावकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका छन् ।

महिला अधिकारकर्मी माया भण्डारीले पालिकाका प्रत्येक टोल विकास संस्थाले आफ्नो गाउँटोलको युवाहरको, महिला तथा अन्यको अवस्था बुझ्न सक्ने भएकोेले टोल विकास संस्थाको सहयोग लिएर यस्ता कुरा नियन्त्रण गर्न सकिने धारण व्यक्त गर्नु भयो । यसै गरी हुरेण्डेकका अध्यक्ष शंकर थापाले हिंसा अपराध वा लागु औषध नियन्त्रणकालागि सामाजिक मनोविमर्स तथा चेतना मुलक कार्य गनुृ उपयुक्त हुने बताउनु भयो ।

उक्त कार्यक्रममा त्रियुगा पुनस्थापना केन्द्रका सागर नेपालले लागु औषध, अपराध र लैंगिक हिंसा नियन्त्रणका विगतको तुलनामा सुधार आएको बताउँदै उदयपुर जिल्लाको बेलका नगरपालिका र त्रियुगा नगरपालिकामा गरी दुई स्थानमा पुन स्थापना केन्द्र संचालनमा रहेको जाननकारी गराएका थिए ।

अर्का वक्ता अर्जुन पोखरेलले खास गरी शहरी क्षेत्रमा जस्तै ग्रामिण क्षेत्रमा हिंसाका घटना, बाल विवाह, मादक पदार्थ सेवानबाट अपराध हुने गरेको, लैंगिक हिंसा , घरेलु हिंसा लागु औषध सेवन गर्नेहरु रहेकोले अवस्था नियन्त्रण गर्न समस्या भएको र प्रहरीमा उजुरी परेपछि मात्र जानकारी पायने अवस्था रहेको बताए ।

उक्त कार्यक्रममा उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीले लैंगिक हिंसा, अपराध तथा लागु औषध नियन्त्रणकालागि मनोपरामर्श कार्यक्रमका साथै टोल विकास संस्थासँगको समन्वयमा कार्यक्रम गर्दा प्रभावकारी हुने, स्थानीइ तह सँग सहकार्य गर्ने विद्यालय कलेजमा चेतना मुलक कार्यक्रम गर्ने जस्ता महत्वपूर्ण सुझाव प्राप्त भएकोले कार्यान्वयनमा लैजान आवश्यक पहल गर्ने बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले लागु औषध, अपराध नियन्त्रण, हिंसा तथा मानव बेचविखन जस्ता अपराधहरु नियन्त्रण गर्न प्रहरी प्रशासन निर्मम भएर लाग्ने भएकोले भरसक समाजमा यस्ता प्रकारका घटना हुन नदिन यो कार्यक्रम आयोजना गरिएको जानकारी दिंदै अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझावहरु महत्वपूर्ण रहेकोले आगामी दिनहरुमा सुधार हुँदै जाने अपेक्षा गरिएको बताउनु भयो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर