एनआईसी एशिया बैंकको नाफामा गिरावट, वितरणयोग्य मुनाफा ऋणात्मक

अर्थकागज
प्रकाशित: ०६ माघ २०८०
Image description

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा गिरावट देखिएको छ ।

यस अवधिमा बैंकले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.८४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १०.१३ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १६.३५ प्रतिशतले बढेको छ । त्यसैगरी, सञ्चालन मुनाफा पनि २४.१३ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.६१ प्रतिशतबाट बढेर १.१९ प्रतिशत पुगेको छ जसका कारण नाफामा प्रभाव परेको हो ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहको छ ।

बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १ पैसा रहेको छ । त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९.९७ गुणा रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर